५. जडिबुटी खेती औषधी उत्पादन एवं व्यवसाय
५.१. हिमाल पहाड र तराईमा नमूना जडिबुटी उद्यानहरूको विकास गरी जडिबुटीहरूको घरेलुु उपचारमा प्रयोग, उत्पादन, सम्बद्र्धन, संरक्षण, प्रवद्र्धन बारे जनस्तरमा ज्ञान दिई जडिबुटिहरूको गुणस्तरयुक्त व्यापारमा प्रोत्साहन गरिनेछ ।
५.२. सही जडिबुटीहरूको परिचय गरी स्वदेशी व्यापार एवं विदेश पैठारीमा स्तरीयता कायम गर्न जडिबुटीहरूसँग सम्बद्ध सरकारी एवं गैरसरकारी संस्थासँग समन्वय कायम गरिने छ ।
५.३. देशमा स्थापित वा स्थापना हुने सरकारी एवं गैह्र सरकारी क्षेत्रका आयुर्वेद औषधी निर्माण कम्पनीहरूलाई असल औषधी निर्माण संहिताको आधारमा गुणस्तरयुक्त औषधी निर्माणमा प्रोत्साहित गरी आयातमा कमी गर्दै निर्यात प्रवद्र्धन गरिने छ । सो कार्यका लािग औषधी व्यवस्था विभाग एवं सम्बद्ध सरकारी निकायहरूसँग समन्वय कायम गरिनेछ ।
५.४. विदेशबाट आयात हुने वा स्वदेशमा निर्माण गरिने आयुर्वेदीय औषधीहरू गुणस्तर एवं अन्य प्राविधिक कार्यका लागि एक आयुर्वेदीय औषधी परीक्षण समिति र प्रयोगशालाको विकास गरिनेछ ।
५.५. नेपाल आयुर्वेद भेषज्यावली को समसामयिक संकलन गरी प्रकाशन गरिनेछ ।